कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको छ : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस्

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् । जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताए ।

उनले नेकपा एकताका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे । प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *