सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

सेयर गर्नुहोस्

१८ असार, जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका(३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् । सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा दुवै बालक हराएका थिए ।

साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान साढे ८ बजेतिर स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको डिएसपी सापकोटाले बताए । प्रहरीले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *