प्रचण्डलाई बाबुरामको कटाक्ष : सबैलाई सधै ठग्न सकिन्न

सेयर गर्नुहोस्

१८ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् । मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

उनले एक चर्चित भनाइ उल्लेख गर्दै लेखेका छन्, ‘केहीलाई सधैंभरी ठग्न सकिन्छस सबैलाई केहीबेर ठग्न सकिन्छस तर सबैलाई सधैंभरी ठग्न सकिन्न। सशस्त्र विद्रोहताका लामो सहकार्य रहेको डा. भट्टराई र दाहालबीच उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *