रास्वपाबाट हैन रवि लामिछानेको क्लबबाट निष्काष्सित भएँ : मुकुल ढकाल

सेयर गर्नुहोस्

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् । पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उनले बताए । 

रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने । ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ । ढकालले रास्वपामै रहने संकेत गरेका छन् । उनले भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *