महेश बर्तौलालाई हरि ढकालको जवाफ : हामिलाई राजनितिक सस्कार सिकाउन पर्दैन

सेयर गर्नुहोस्

२५ असार, काठमाडौं । रास्वपाका सांसद हरि ढकालले देशमा तीन दशकदेखि राजनीतिक बितण्डा मच्चाउनेहरुले आफूहरुलाई संस्कार नसिकाउन सचेत गराएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले रास्वपाको तर्फबाट बोल्दै कुनैपनि राजिनितिक दलले हामिलाई संस्कार सिकाउन नपर्ने बताएका हुन् ।

उनले कांग्रेस(एमालेलाई लक्षित गर्दै भने, ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरु पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौं । सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे । उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *