राप्रपाको संसदीय दलको बैठक बस्दै

सेयर गर्नुहोस्

२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने छ । मत दिने वा नदिनेबारे निर्णय गर्नेछ । साथै, संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *