अब संसदको रोष्ट्रममा प्रधानमन्त्रीको हैसियतले बोल्न नपाइने भएपछी प्रधानमन्त्रीले धेरै आक्रोश पोख्नुभयो : योगेश भट्टराई

सेयर गर्नुहोस्

२८ असार,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड अब संसदको रोष्ट्रममा प्रधानमन्त्रीको हैसियतले बोल्न नपाइने भएपछी धेरै आक्रोश पाखेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सत्ता गुमेको आक्रोश पोखेको बताए । उनले भने, ‘उहाँको भाषण सुन्दा सायद प्रधानमन्त्रीको हैसियतले संसदको रोष्ट्रममा भाषण गर्ने दिन फर्किँदैन कि भन्ने ढंगले प्रस्तुत हुनुभयो । त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो । गलत सूचना दिनुभयो । सम्भवतः यहाँ बोलेका प्रश्नहरुको जवाफदेहिता आजमात्रै सीमित हुँदैन । उहाँ बाचुञ्जेलसम्म दिनुपर्छ भन्ने बुझेर बोलेको भए हुन्थ्यो । नेता भट्टराईले देशभित्रको समस्या समाधान गरेर संसदले विश्वासको मतमा मात्रै छलफल गरेर बस्न उपयुक्त नहुने बताए । देशलाई राजनीतिक स्थायित्व दिन एमाले कांग्रेससँग मिलेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *