शेखर र गगन समुहले चार मन्त्रालय पाउनुपर्ने निष्कर्ष

सेयर गर्नुहोस्

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको शेखर गगन पक्षको बैठकले परम्परागत रूपमा चल्दै आइरहेको ६०र४० को हिस्सा हुनुपर्ने निष्कर्ष निकालेको हो । पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

उनले भने, ‘हामीले परम्परागत रूपमा राख्दै आएको माग राखेका छौं । छलफलमा यो समूह ऊ समूहभन्दा पनि उपयुक्त व्यक्ति चयन गर्नुपर्छ भनेका छौं । शेखरजीले ५ मन्त्रालय चाहिन्छ भन्नुभएको रहेछ । तर, हामीले कम्तीमा चार चाहिन्छ भन्ने निष्कर्ष निकालेका छौं । बैठकमा शेखर-गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *