आज ५ बजे एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्ती हुँदै

सेयर गर्नुहोस्

३० असार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुने भएका छन् । उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएको उनको सचिवालयको भनाइ छ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन दिएका थिए । त्यही अनुसार शुक्रबार साँझ ओलीले देउवासहितको समर्थनमा दाबी पेश गरेका थिए । राष्ट्रपतिले दाबी पेसका लागि आइतबार साँझ ५ बजेसम्मलाई समय सीमा दिएका थिए । यस्तै ओलीको शपथ सोमबार बिहान ११ बजेलाई राखिएको पनि राष्ट्रपति कार्यालय स्रोतको दाबी छ । ओलीसँगै कांग्रेस र एमालेबाट बन्न लागेका अधिकांश मन्त्रीले शपथ लिँदैछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *