काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

सेयर गर्नुहोस्

१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहहले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको बताएका छन् । महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिएका हुन् ।

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ,’ प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *