सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

सेयर गर्नुहोस्

१ साउन, काठमाडौं ।  अझै कम्तीमा पनि ४७ जना यात्रुको अवस्था अज्ञात रहेपछि खोजीलाई तीव्र पारिएको छ । चितवनको सिमलताल पहिरोमा परी दुईवटा बससँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुहरूमध्ये हालसम्म १५ जनाको शव फेला परेको छ। भेटिएका १५ शवमध्ये ६ को अझै सनाखत हुन सकेको छैन। भरतपुर महागनरपालिका-२९ सिमलतालस्थित सडकबाट २ वटा बस पहिरोसँगै त्रिशूलीमा खसेको आज ५ दिन भइसकेको छ । सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाएर बेपत्ता भएका दुईवटा बसमा गरेर ६५ यात्रु रहेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। बेपत्ता दुवै बस र ५० यात्रु अझै फेला परेका छैनन्।

अहिलेसम्म पूर्वी नवलपरासीमा ११, चितवनमा तीन र पश्चिम नवलपरासीमा एक गरी १५ शव भेटिएको छ। त्यसमध्ये चार पुरुष, एक महिला र एक बालकको गरी ६ शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ। भेटिएका शवमध्ये सर्लाहीको बरहथवा नगरपालिका– ३ निवासी १९ वर्षीय रमित कुसुर माझी, चितवनको माडी नगरपालिका– १ बस्ने २२ वर्षीय विकास परियार, भरतपुर महानगरपालिका– २२ का २३ वर्षीय सुदीप विक, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, सीतामणि बेतियानिवासी ३० वर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० वर्षीय सजाद अन्सारी, बाराको विश्रामपुर निवासी ४३ वर्षीय प्रमानन्द पण्डित, रौतहटको जमुनामाई गाउँपालिका– ४ का राहुम मियाँ र रौतहटकै परुवा नगरपालिका– ६ का ४० वर्षीय ऋषिकुमार सिंहको सनाखत भएको छ। 

त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो । सीमा क्षेत्रनजिक नारायणी नदीमा शव भेटिएपछि बगाएर भारत लान सक्ने आकलनका आधारमा त्यतातर्फका जिल्लामा समन्वय गरे खोजी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *