रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, सात जना घाइते

सेयर गर्नुहोस्

१ साउन, काठमाडौं । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जना बालिकाहरुको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् । घटनामा परेर एकजना बेपत्ता भएका छन् ।

बाढीले घर बगाउँदा घाइते भएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते हुनेहरूमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ भने धेरै धनजनको क्षति भएको स्थानियको भनाई छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *