उपसभामुख रानाले पदको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा

सेयर गर्नुहोस्

३ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको छ । पत्रमा उनले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् । दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै सन् २०२३ को फेब्रुअरी २६ मा लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ ।

उक्त पत्रमा लेखिएको छ : –

 ‘म एनजी ओ c5w67 फोरममा अमेरिकाको न्यूयोर्क जान लागिरहेको छु, जुन आउँदो ६ मार्च देखि १७ मार्चसम्म आयोजना हुँदैछ । यहाँ म अनुरोध गर्न चाहन्छु कि कार्यक्रमको कडा तालिकाका कारण म आफ्नो टीम तथा सांसद र सहयोगीहरू सबैको एकै दिन अन्तर्वार्ताको मिति लिन चाहन्छु । यो कार्यक्रम सबै प्रतिनिधिहरूका लागि एकदमै महत्वपूर्ण छ, जसले महिला सशक्तीकरण विकासमा सुधार गर्न सहयोग पुग्छ । हामी अमेरिकाबाट प्राप्त निमन्त्रणको उच्च सराहना गर्छौं र यथोचित निर्णय हुने आशा गर्छौं ।

प्रतिनिधिहरूको सूची भनेर ६ जनाको नाम उल्लेख छ । पहिलो नम्बरमा उपसभामुख इन्दिरा रानाको नाम छ । त्यसपछि क्रमश उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ रहेका छन् । संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख राज्यको उच्च ओहदामा पर्छ । उच्चपदस्थ व्यक्तिहरूले विदेश यात्रा गर्नुपर्दा सरकारी संयन्त्रहरूले नै सबै प्रक्रियाहरू मिलाउने गर्छन् । भिसाको पहल परराष्ट्र मन्त्रालयमार्फत हुन्छ । उपसभामुखले भने सीधै आफैंले पत्र लेखेकी छन्, जुन अशोभनीय र अस्वाभाविक हो ।

उपसभामुखका यो कर्तुत सार्बजनिक भएपछी संसदको सुशासन समितिका सभापति रामहरि खतिवडाले यो निकै गम्भीर विषय भएको बताएका छन् । आफूले सभामुख देवराज घिमिरेसँग पनि यस विषयमा कुरा गरेको र अब संसदमा चर्को रूपमा उठाउने भन्दै उनको भनाइ छ । ‘उपसभामुखज्यू मानव तस्करीमा मुछिनुभएको छ, उहाँले राजीनामा दिनुपर्छ, ‘संसदीय मर्यादाविपरीतको आचरण गर्नुभएको हुँदा यो पदमा उहाँले बस्न सुहाउँदैन, ६ गते अगाडि नै राजीनामा दिएर मार्गप्रशस्त गर्दा राम्रो हुने रामहरी खतिवडाको भनाई छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *