प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

सेयर गर्नुहोस्

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदको बिश्वासको मत पाएका हुन्। विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए ।

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *