सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प

सेयर गर्नुहोस्

७ साउन, काठमाडौं । आज बिहानबाट सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको बताए । उनले भने, ‘अहिले सर्भर डाउन भएर देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ । सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ ।’ प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *