उपसभामुखको सचिवालयबाट ९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

सेयर गर्नुहोस्

८ साउन, काठमाडौं । उपसभामुख इन्दिरा राना मुछिएको विवादमा दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले बताएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनलेन गरेको आरोपसमेत लगाएका छन् ।

ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् ।

गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको उनी बताउँछन् । ढकालले यस घटनामा आर्थिक लेनदेन भएको बताएका छन् । उपसधामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दावी छ ।

 

https://www.facebook.com/dhakalmukul/posts/pfbid027brD1gjwcRw5VV6QFnmDKBuT1pbQMLotmtjqBEezBhTaEKh9nXeLGYPiTm976y4Tl

Leave a Reply

Your email address will not be published. Required fields are marked *