हाम्रो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु भएको छ : माधव कुमार नेपाल

सेयर गर्नुहोस्

१० साउन, काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले बिहीबारदेखि सुरू केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको बताए । उनले यसबारेमा चनाखो भएर बस्न नेता–कार्यकर्तालाई उनले भनेका छन् । 

नेपालले सम्बोधनका क्रममा कसले कस्तो षड्यन्त्र गर्दैछन् भन्ने खुलाएन् । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । यसअघि पनि ओलीले आफूहरूको पार्टी फुटाइदिने षड्यन्त्र गरेको आरोप नेपालले लगाउँदै आएका थिए । ओली प्रधानमन्त्री बनेदखि माधव नेपालको चिन्ता बढेको छ । उनले अनेक शंका व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सत्ताको आडमा पार्टी फुटाइदिने चिन्ता नेपाललाई परेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *