गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

सेयर गर्नुहोस्

१० साउन, काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गड्तौला मुख्यसचिव नियुक्त भएकी छन् । आज बसेको क्याविनेट बैठकले उनलाई मुख्यसचि नियुक्त गरेको हो । यससँगै उनी नेपालकै पहिलो महिला मुख्यसचिवसमेत बनेकी छन् । यसअघिका मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको आरोप लागेर निलम्बनमा परेपछि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको थियो । सरकार परिवर्तन भएसँगै गत असार ३१ गते बसेको क्याविनेट बैठकले उनलाई कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । गड्तौला आगामी भदौ १४ गतेबाट उमेर हदको कारण अनिवार्य अवकाशमा जादैछिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *