कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

सेयर गर्नुहोस्

११ साउन, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । नकर्मीको उपचारको क्रममा गएराति ९ बजे बीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताए । उनले नेपालप्रेसलाई भने,‘लामो समयदेखी मृगौलासम्बन्धी रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो।

हिजो उहाँको बीर अस्पतालमा निधन भएको हो । उपचारको क्रममा बेलुका ९ बजे निधन भएको हो ।’ उनका अनुसार उनी लामो समयदेखि मृर्गौलाको विरामी थिए । नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणम राख्ने तयारी भइरहेको उनले बताए । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *