पहिरोले एउटा घर पुरिदा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

२२ साउन, काठमाडौं । बलेवा– बडिगाड गाउँपालिका-दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *