प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने

सेयर गर्नुहोस्

२३ साउन, काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् । उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *