शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचजनाको मृत्यु

सेयर गर्नुहोस्

२३ साउन, काठमाडौं । शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचजनाको मृत्यु भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । स्थानीयबासीले डाँडामा धुँवा देखेपछि खबर गरेको नेपाल प्रहरीले बताएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेको छ । हेलिकप्टरमा अहिले पनि आगो लागिरहेको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको उक्त हेलिकप्टर अरुण मल्लले उडाएका थिए । हेलिमा अरु ४ जना यात्रु चिनियाँ थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *