तीन जना भौतिक पूर्वाधार मन्त्री फेरिए तर धुलिखेलको चार किलोमिटर बाटो बन्न सकेन : गोकुल बास्कोटा

सेयर गर्नुहोस्

६ भाद्र, काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तीन जना मन्त्री फेरिए पनि धुलिखेलको चार किलोमिटर बाटो बन्न नसकेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कथासँग तुलना गर्दै उनले तीनजना मन्त्री र डीजी फेरिए पनि बाटो बन्न नसकेको बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनता सोधिरहे, धुलिखेल खावा बाटो कहिले बन्छ रु मैले भनिरहे यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, डीजी फटायो तर चार किलो बाटो बनाएन ।’

उनले गत साता मात्रै मन्त्री लगायत अन्य पदाधिकारीलाई भेटे पनि एकले अर्कालाई देखाएर पन्छिने काम मात्रै गरेको बताए । उनले भने, ‘गत साता मन्त्री भेटे सचिव देखाए,सचिव भेटे डीजी देखाए । हिजो डीजीलाई सोधे ठेकदारलाई थाहा होला भने । यो देश बन्छ । जसरी भूपीले लेखेथे-घुम्ने मेचमाथि अन्धो मान्छे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *