सरकारलाई प्रतिफल नदेखिनेगरी कुनै काम गर्ने छुट छैन : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस्

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्रतिफल नदेखिनेगरी कुनै काम गर्ने छुट नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै सरकारले प्रतिफल देखिनेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारलाई कुनै गल्ती गर्ने, अन्योल सिर्जना हुनेगरी काम गर्ने, प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन । उनले सरकारले जनतामा देखिएको निराशा अन्त्य गर्नेगरी काम गरिरहेको जिकिर गरे । सरकार देशमा देखिएको समस्याको समाधान गर्नको लागि लागिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *