भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राख्नु महा-अपराध हो : सांसद सिंह

सेयर गर्नुहोस्

६ भाद्र, काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंह भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राख्नु भनेको महाअपराध भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराइमा फरक भएको टिप्पणी समेत गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्नुहुन्थ्यो तर अहिले पाँच वर्षे हदम्याद तोकेका छन्, यो कानून आउँछ भने राप्रपाले मान्दैन । यस्तै हो भने ललिता निवास, बालमन्दिर, गंगालाल अस्पतालका जग्गा र गिरीबन्धु टिस्टेटका अर्बौँ रुपैयाँ ब्रम्हलुट गरेको छ त्यसलाई पास गर्नको लागि नियतले ल्याउने गइरहेको छ । यही दिन देख्नको लागि राजा फ्याँकेको हो ।’

भ्रष्टाचारको मुद्दामा हदम्याद ल्याउने कुरा सदनमा उठ्नु पनि घोर अपराध भएको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *