ममता काफ्लेकी आमा पुगिन् अमेरिका

सेयर गर्नुहोस्

१६ भदौ, काठमाडौं। अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । ममताकाी १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । लगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए ।

भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु त्यसतर्फ गएको मामा सहकुलप्रसाद तिम्सिनाले बताए । १२ कक्षा सकेपछि बैंग्लोरमा नर्सिङ पढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको थियो । पछि उनीहरु प्रेम सम्बन्धमा जोडए, त्यसपछि २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह भएको थियो । विवाहको केही समयपछि ममता अमेरिका गएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *