प्रगतिशिल इञ्जिनियर एसोसिएसन नेपालमा परिवारवाद, आफ्नै श्रीमतीलाई इञ्जिनियरिङ परिषदमा नियुक्ति

सेयर गर्नुहोस्

भाद्र २४, काठमाडौं । प्रगतिशिल इञ्जिनियर एसोसिएसन नेपालका पदाधिकारीले पदको प्रभाव जमाएर आफ्ना परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको खुलेको छ । हालै मन्त्रिपरिषद निर्णयमार्फत इञ्जिनियरिङ काउन्सिलमा पदाधिकारी नियुक्त गरेकामा अधिकांशमा प्रगतिशिलका पदाधिकारीहरुले परिवारका सदस्यलाई पदको प्रभाव देखाएर नियुक्ति दिलाएको पाइएको छ । परिषदको रिक्त कर्णाली प्रदेश सदस्यमा नियुक्त अम्बिका महत प्रगतिशिल इञ्जिनियर एसोसिएसनका सचिव नरेश खड्काकी पत्नी हुन् । यसैगरी बाग्मती प्रदेश सदस्यमा नियुक्त निर्जला श्रेष्ठ प्रगतिशिल इञ्जिनियर एसोसिएसनका उपाध्यक्ष सञ्जिव रोकायाकी पत्नी हुन् ।

इञ्जिनियरिङ क्षेत्रमा योगदान पुर्याएका क्षमतावानलाई नियुत्तः गर्नुपर्नेमा परिवारका सदस्यलाई सदस्य बनाइए पछि अहिले प्रगतिशिलभित्र विवाद चर्को भएको छ । आकांक्षी क्षमतावान सदस्यलाई पन्छाएर राजनीतिक पहुँचको आडमा परिवारका सदस्यलाई पद बाँडेपछि अहिले असन्तुष्टहरुले नेतृत्वप्रति रोष प्रकट गरिरहेका छन् । ‘अवसर आउँदा आफन्त खोज्ने हो भने हामी निष्ठावानहरु किन संगठनमा लाग्ने रु’ प्रगतिशिलका एक सदस्यले भने । चुनावको मुखैमा देखिएको परिवारवादले प्रगतिशिलमा ठूलो विभाजन ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *