प्रहरीमा खुल्यो जागिर, २५६ असई र ६४ इन्स्पेक्टरका लागि दरखास्त आह्वान

सेयर गर्नुहोस्

२८ भदौ, काठमाडौं। नेपाल प्रहरीमा जागिर खुलेको छ । २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको छ । असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । इन्स्पेक्टरतर्फ ३५ खुला, १ अमररअशक्त प्रहरी परिवार, ६ महिला, ९ आदिवासीरजनजाती, ८ मधेशी, ४ दलित र १ जना पिछडिएको क्षेत्रका लागि कोटा छ। २० वर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको र स्नातक वा सोसरह उत्तीर्णले आवेदन दिन सक्नेछन् । तर प्रहरी सेवामै रहेकाको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ। यस्तै असईतर्फ खुलामा एक सय ३८, ५ जना अमररअशक्त प्रहरी परिवार, २३ महिला, ३६ आदिवासीरजनजाती, ३१ मधेशी,१७ दलित र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *