उद्योगमन्त्री भण्डारीसंग जाम्बियाका गैर आवासीय राजदुत चन्दाको शिस्टाचार भेट

सेयर गर्नुहोस्

२८ भदौ,काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६मा स्थापित भए देखिनै दुई देशबीच शान्तीपूर्ण रहदैँ आएको बताए । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको कारणले दुवै देशका चुनौति र विकासका लक्ष्यहरु समान रहेको बताए। उनले भने, “विशेषगरि व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदारप्रदान गर्ने प्रशस्त सम्भावनाहरु छन् । नेपालले खानी अन्वेशणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रको थप विकास भएकोले नेपालले खानी उद्योगमा जाम्बियासित सहयोग आदारप्रदान गर्ने सम्भावना रहेको छ ।

मन्त्री भण्डारीले भने, “जाम्बियाको अवस्थितिको कारणले अफ्रिकी महादेशमा सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण विन्दु हुनसक्ने हामीले पाएका छौँ । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाहरुबाट जाम्बियाले समेत सामाजिक, सांस्कृतिक एंव भौगोलिक लाभ प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले यसमा मिलेर कामगर्न हामी उत्सुक छौँ । यहाँको नेपाल बसाई सम्झनायोग्य रहोस् ।” भेटका क्रममा जम्बियाका गैर आवासीय राजदुत चन्दाले खानी तथा खनिज पदार्थमा २ देश बिचको प्रविधि आदानप्रदान गर्ने बताए । उनले खानी सम्बन्धी नेपालको प्राविधिक टोलि जाम्बिया पठाइदिन मन्त्री भण्डारीसंग आग्रह गर्नुभयो । यसका साथै जाम्बियाको खानी प्राविधिक टोली नेपाल आउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *