नेपालले आज ओमानसँग अन्तिम प्रतिस्पर्धा गर्दै

सेयर गर्नुहोस्

८ असोज, काठमाडौं – आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

क्यानडा भ्रमणका क्रममा लगातार तीन खेलमा पराजित भएको नेपालले आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँगै ५ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *