जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

सेयर गर्नुहोस्

७ असोज, काठमाडौं-वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।अंकित मूल्यभन्दा दोब्बर मूल्यमा ‘मिनिरल वाटर’ बेचेको भन्दै विभागले जिम्बु थकालीलाई जरिवाना गरेको हो।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरेका थिए।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए। रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *