सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न प्रचण्डको आग्रह

सेयर गर्नुहोस्

१०असोज, काठमाडौं -बिहीबार सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न आग्रह गरे । प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वमा आफ्नो कुनै रोजाइ नभएको बताएका छन् ।

नेतृत्व, खासगरी अध्यक्षका दाबेदारहरुलाई भेटेर उनीहरुको बुझाइ र भोलिको योजना सुनेको भन्दै उनले भने, ‘मैले अहिलेसम्म यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन ।’ पार्टी कार्यालयमा भएको छलफलमा पनि विद्यार्थीमा कसैले गुटबन्दी नगर्ने सहमति भएको उनले बताए ।

राष्ट्रिय सम्मेलनले जसलाई नेता छनोट गर्छ, उसलाई पार्टीको समर्थन रहने उनले बताए । गुटबन्दीका कारण धेरै दुःख पाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो विद्यार्थीहरुका लागि गुटबन्दीबाट पर जाने अवसर पनि हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *