कुलेखानी जलाशयको ढोका बन्द गरिएको छ

सेयर गर्नुहोस्

१३ असोज, काठमाडौं –कुलेखानी जलाशयको ढोका बन्द गरिएको छ ।

जलाशयमा खतराको सतह पार गरेपछि शनिबार बिहान ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख तारादत्त भट्टले वर्षा रोकिएसँगै ढोका बन्द गरिएको बताए । जलाशयको खतराको सतह भनेको १५ सय ३० मिटर हो, हामीले ड्यामको ढोका खोल्दा सतह १५३०.४ मिटर थियो । त्यसपछि हिजो राति १५२५.५ मिटरमा पानीको सतह आएपछि ढोका बन्द गरेका हौं । हामीले ढोका बन्द गर्दा वर्षा रोकिएको थियो,’ उनले भने ।कुलेखानी जलाशयमा अधिकतम १५ सय ३१ मिटर सतह पुगेको बताए । ‘अहिले कुलेखानीको सहत १५२८.५ मिटर छ । १५ सय ३० मिटर आएपछि खतरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *