बार्सिलोनाको हार विहिन  यात्रामा पूर्णविराम

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौ-स्पेनिस ला लिगामा बार्सिलोनाको हार विहिन  यात्रामा पूर्णविराम लागेको छ।

शनिबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनालाई ओसासुनाले ४-२ गोलले हरायो। ओसासुनाले पहिलो हाफमा दुई गोलको अग्रता लियो। उसका लागि बुडिमिरले १८ र जारागोजाले २८ मिनेटम गोल गरेका थिए। बार्सिलोनाका  पाउल भिक्टरले ५३ मिनेटमा गोल फर्काए।

तर बुडिमरले ७२ मिनेटमा तेस्रो र ब्रेटेन्सले ८५ मिनेटमा चौथो गोल गर्दा ओसासुना जिततर्फ अघि बढ्यो। बार्सिलोनाका लागि लमिन यामलले ८९ मिनेटमा गोल गरेपछि त्यो खेलमा फर्कन पर्याप्त हुन सकेन । लिगमा यसअघि लगातार सात खेलमा जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको २१ अंक छ। एक खेल कम खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको १७ अंक छ भने ओसासुना १४ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *