विपदग्रस्त काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारीको सरूवा

सेयर गर्नुहोस्

१४ असोज,काठमाडौं- गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको तिवारीले जानकारी दिए।

गृह  मन्त्रालयले  उनीहरूको ठाउँमा धादिङमा  सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *