शक्ति बस्नेतले पनि मिलाउन सकेनन् अखिल क्रान्तिकारीको विवाद

सेयर गर्नुहोस्

१५ असोज, काठमाडौं- अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीचमाआज पनि झडपको स्थिति उत्पन्न भएको छ । सम्मेलन हलमा हात हालाहाल भएको हो ।

सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन समितिले उमेर हदका लागि निर्वाचन गर्ने तयारी गरिरहेको बेला दुई पक्ष वीच विवाद भएको हो । विवादले गर्दा उमेर हद लागु गर्ने/नगर्ने टुंगो लगाउनका लागि हुने निर्वाचन सुरु हुन सकेको छैन ।

दुई पक्ष वीचमा हात हालाहाल, कुर्ची हानहान भएको छ। उमेर हद कायम गर्ने र गर्नहुँदैन भन्ने पक्षको विवाद आज पनि देखियो र  मतदान सुरु हुन सकेन ।

दुई पक्षको विवाद टुंगाउनका लागि पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सम्मेलन हलमा खटाएको छ । बस्नेतले दुई पक्षको विवाद मिलाउने प्रयास गरेपनि सम्भव हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *