काठमाडौंमा जुवा खेलिरहेका २९ जना पक्राउ

सेयर गर्नुहोस्

१६ असोज,काठमाडौं –  काठमाडौं महानगरपालिका-२६ मित्रनगर र कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाइफ बेकरीस्थित घरबाट गरी जम्मा २९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-६का ४२ वर्षीय रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङ सहित १३ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइलसहित पक्राउ गरेको हो। यसैगरी कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-२ का ४२ वर्षीय नवराज श्रेष्ठसहित १६ जनालाई गएराति पक्राउ गरेको हो।उनीहरूबाट नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *