नेपालको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ

सेयर गर्नुहोस्

१६ असोज, काठमाडौं- चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

अघिल्लो आव (सन् २०२४) मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादन वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अर्थतन्त्रमा रहेका जोखिम समेत पहिचान गरिएको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिम सहित निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पूँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक माग कम गर्न सक्ने जस्ता जोखिम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *