परराष्ट्रमन्त्री आज स्वदेश फर्कँदै

सेयर गर्नुहोस्

१८ असोज-काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त छिन्।

सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा. राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन् । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता रहेको छ । 

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कँदै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *