सिन्धुलीमा  माइक्रोबस दुर्घटना हुँदा १५ यात्रु घाइते

सेयर गर्नुहोस्

सिन्धुली- काठमाडौंबाट विराटनगरका लागि छुटेको एउटा माइक्रोबस सिन्धुलीमा  दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८ नम्बरको माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् । माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *