रविको त्रास “दशैँपछाडि मलाई मुद्दा लगाउने तयारी गरिरहेका छन्”

सेयर गर्नुहोस्

 १८ असोज, काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले दशैंपछाडि मुद्दा लगाउने तयारी गरिरहेको बताएका छन् ।चितवनको इच्छाकामना  गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सुनुवाइमा सहभागी एकजना युवाले संसद्‍मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिएको सुझावको जवाफ दिने क्रममा रविले यसो भनेका हुन् । दशैंपछाडि आफूविरुद्ध सरकरारले मुद्दाको तयारी गरिरहेको दाबी गरे । गगनसहित सरकारका मान्छेहरूले नै आफूलाई मुद्दा हाल्न अनेक उपाय खोजिरहेको बताए । तर आफूले सहकारी ठगीमा क्लिन चिट पाइसकेकाले सत्यको अगाडि कसैको केही नलाग्ने पनि रविले जिकिर गरे ।

 लामिछानेले भने ‘कहाँ मानहानीको मुद्दाको कुरा गरेको ? दशैँपछाडि मलाई मुद्दा लगाउने तयारी गरिरहेका छन्’, उनले भने, ‘अहिलेबाटै मुद्दा लगाउने कोसिस भइरहेको छ । दशैँ मानेर मलाई मुद्दा हाल्ने गरी तयारी भएको सुनेको छु ।’

लामिछानेले सुनुवाइका क्रममा अन्य पार्टीका नेताहरूले वषौँसम्म केही नगरेको जिकिर गरे । रास्वपा आएको केही समयमै चितवन क्षेत्र नम्बर २ मा पनि उल्लेख्य काम भएको दाबी लामिछानेले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *