ट्याक्टरको ठक्करले तनहुँमा एक बालकको मृत्यु

सेयर गर्नुहोस्

२१ असोज काठमाडौं- विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले तनहुँमा एक बालकको मृत्यु भएको छ।सोमबार बिहान व्यास नगरपालिका–१ गल्बुवेशीमा ट्याक्टरले ठक्कर दिएर आठ वर्षीय बालकको मृत्यु भएको हो।

दमौलीबाट सिमेन्ट रड लिएर गएको ट्याक्टरले विद्यालय जाँदै गरेका एक बालकलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते उनको उपचारका लागि रत्नहरि मेमोरिय अस्पताल दमौली पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनी दिदीसँगै विद्यालय जाँदै थिए। ज्ञानगंगा बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। मृतकको परिवारले जाहेरीसमेत दर्ता गराइसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *