गृहमन्त्रीले गरे काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन

सेयर गर्नुहोस्

२१ वैशाख, काठमाडौं –गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।

गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने भएको बताए । लगतै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उनले बताए ।

उनले स्थानीय जनप्रतिनिधिहरुलाई पुर्ण रुपमा क्षतिग्रस्त भएका घरहरुको लाभग्राही पहिचान गरेर पठाउन आग्रह गरे । ‘यसरी आएको ३ दिनभित्र अस्थायी आवास बनाउन पहिलो किस्ता पठाउँछौं’, उनले भने, ‘खानाका लागि ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार र बढी भए २० हजार पठाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *