प्रसाईं समर्थकद्वारा झापामा आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु

सेयर गर्नुहोस्

२१ असोज,काठमाडौं–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा गत असोज ६ गते झापामा आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ । 

बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले भारतीय ट्रक चालकलाई बाहिर निस्किन नदिई असोज ६ गते डब्लु- बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको क्रममा भारतीय ट्रक जलाएका थिए । 

आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने ४० वर्षीय प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।यस घटनामा संलग्न रहेको आरोपमा प्रसाईं नेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

घाइते चालकको बीएण्डसी अस्पतालमा उपचार गरेर थपउपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो ।चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *