६ वर्षीय छोरालाई भीरबाट आफलेर हत्या

सेयर गर्नुहोस्

३० असोज, बागलुङ – ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् ।

अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको प्रहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *