धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रुसी नागरिकहरूको शव काठमाडौं ल्याइयो

सेयर गर्नुहोस्

धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रुसी नागरिकहरूको शव काठमाडौं ल्याइएको छ।सात हजार एक सय मिटर उचाइमा उनीहरू असोज २२ गते मृत फेला परेका थिए।शव ९ दिनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।शव पोष्टमर्टमको लागि बुधबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर आधार शिविर झारेका थिए। आधार शिविरबाट शवलाई काठमाडौंस्थित टिचिङ शिक्षण अस्पताल ल्याइएको हो।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू ७ हजार ६ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए।यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *