हुम्ला बाहेक सबै जिल्लामा फैलियो डेंगु सङ्क्रमणः११ जनाको मृत्यु

सेयर गर्नुहोस्

६ कार्तिक काठमाडौं हुम्ला बाहेक देशका सबै जिल्लामा फैलिएको डेंगु सङ्क्रमण फैलिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्यांंक अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको मृत्यु भएको हो ।

यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन् । यस्तै, कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नु पर्ने चिकित्सकको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *