रास्वपामा कार्यवाहक सभापति को बन्ने भन्नेमा किचलो सुरु

सेयर गर्नुहोस्

६ कार्तिक,काठमाडौं- पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा  पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरु  यतिबेला भिड जम्मा गर्न र विरोध प्रदर्शन गर्न व्यस्त छन । लामिछानेले पक्राउ पर्नु अघि नै आफ्नो बचाउ गर्न अपिल  र सरकारको विरोध गर्दै भिडियो सुट गर्न भ्याएका थिए तर पार्टी कार्यालयबाट नै पक्राउ पर्दा पनि  कार्यवाहक सभापति तोक्न भने भ्याएनन ।

अहिले रास्वपामा कार्यवाहक सभापति को भन्ने भन्नेमा विवाद देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ (दोस्रो संशोधन २०८०)मा सभापतिको अनुपस्थितिमा उपसभापतिले कार्यवाहक सभापतिको हैसियतमा काम गर्न सक्ने उल्लेख छ ।रास्वपामा दुई उपसभापति छन्, डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले । ती मध्य कसलाई कुन योग्यताका आधारमा कार्यवाहक सभापति बनाउने भनेर विधानमा स्पष्ट नलेखिँदा विवाद देखिएको हो ।

विधानमा दुई उपसभापतिमध्य उमेरमा ज्येष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रूपमा सभापतिको कार्य गर्ने भन्ने लेखिएको छ ।

विधान अनुसार उमेरले ज्येष्ठ केही महिनाले वाग्ले छन् ।  वाग्लेले संसद्मा पेस गरेको नागरिकतामा उनको जन्ममिति २०३१ जेठ १६ गते रहेको उल्लेख छ । तर, उनी पार्टी स्थापना कालदेखि रास्वपामा थिएनन् । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा चौँथो ठूलो पार्टी बनेपछि २०८० मा भएको उपनिर्वाचनमा रास्वपा प्रवेश गरी तनहुँबाट उम्मेदवार बन्दै प्रतिनिधि सभामा निर्वाचित भएपछि उपसभापतिमा मनोनयन भएका थिए ।

अर्का पार्टी स्थापना कालदेखिका उपसभापति डोलप्रसाद अर्याल  हुन् । उनले संसद्मा पेस गरेको नागरिकतामा उनको जन्ममिति २०३१ भदौ ६ उल्लेख छ । नगरिकता अनुसार उनी वाग्लेभन्दा केही महिना कान्छा देखिन्छन् । ज्येष्ठ सदस्य कार्यवाहक सभापति बन्ने वाक्यमात्र उल्लेख गर्ने हो भने वाग्ले बन्ने देखिन्छ ।

तर, पार्टी स्थापना कालदेखिको सदस्य भएकाले अर्यालले दाबी गरिरहेका निकटस्थ स्रोतले बतायो । त्यससँगै अर्याल पार्टीमा लामिछानेका विश्वास पात्र मानिन्छन् । अर्यालले यसअघि लामिछानेको सभापतिर सांसद पद   नागरिकता प्रकरणमा गएपछि संसदीय दलको नेता र कार्यवाहक सभापतिको भूमिका निभाएका थिए ।

अर्याललाई विधानमा भएको दुई उपसभापति मध्य एक उपसभापतिलाई आफ्नो अनुपस्थितिमा सभापतिले कार्यवाहकको जिम्मेवारी तोक्न सक्ने भन्ने वाक्यांश प्रयोग गरि कार्यबाहक दिनु पर्ने हुन्छ विधानको अस्पष्टता र लामिछानेले कार्यवाहक कसैलाई नदिएकाले अब को कार्यवाहक बन्ने भन्ने किचलो रास्वपामा सुरु भएको नेताहरू बताउँछन् । अहिले दुवै नेताले आफूले कार्यवाहक पाउनुपर्ने दाबी गरिरहेका बताइन्छ ।

प्रहरीले लामिछानेलाई आइतबारमात्रै अनुसन्धानका लागि ६ दिनको म्याद कास्की जिल्ला अदालतबाट थपेको छ । संगठित अपराधमा पनि लामिछानेमाथि अनुसन्धान गर्ने भनिएकाले प्रहरीले उनीमाथि ६० दिनसम्म अनुसन्धान गर्न सक्छ । यतिबेला रास्वपा सभापति बिहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *