सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा

सेयर गर्नुहोस्

६ कात्तिक, काठमाडौं –असोज दोस्रो साताको भारी वर्षापछिको बाढी-पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ ।सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् ।

१२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सो टोलीलाई सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *