‘मलाई प्रतिशोधको राजनीति गर्नु छैन,छानविन समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो’-प्रम ओली

सेयर गर्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले  कुनै प्रतिशोधको राजनीति नगर्ने  बताएका छन्।

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको बताए।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मलाई केही लिनुु दिनुु छैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो’, उनले भने।

‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन। लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन। अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ। थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन। मलाई कुनै स्टन्टबाजी गर्नु छैन। साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन’, उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *